मै मरूँला बरु तिमी जिएर गए हुन्छ
मेरो साथले पीडा भए तर्किएर गए हुन्छ
सम्बन्ध नै तोडेपछि प्रेमका सौगातहरू
अब केलाई चाहियो र लिएर गए हुन्छ
धसिहाल्यौ मनमा छुरा मायाको नाटक गरी
अझै चोट बाँकी भए दिएर गए हुन्छ
विश्वासघाती ‘सानु’ भनी आफ्नो दोष ढाक्छौ भने
घायलजस्तै बनि नशा पिएर गए हुन्छ

ekdam dami lagyo sanu malaita
ekdam dami lagyo sanu malaita waha so keep it up