Skip to content

नसोचेको भेट थियो..

“गीतिकबिता”
नसोचेको भेट थियो
छुट्यौ हामी त्यसै गरि.
यो छातीमा रह्यो दाग
मेटिएन कसै गरि /

पल भरमै भेट्नु छुट्नु
नियतिले खेल्नु खेल्यो,
नजिक लाग्थ्यो क्षितिज मेरो
देख्दिन खै छेल्नु छेल्यो //

उनको साथको कल्पनामा
छुने गर्थे निलो गगन,
उनको मुस्कान देख्दा लाग्थ्यो
स्वर्ग नै हो मेरो आँगन /

आकाश धर्ति उजाड लाग्छ
उनले साथ् छाडे देखि,
आफै देखि बैरी लाग्छ
निर्दोष दिल यो फाडे देखि /

नआउ भन्छु समझनामा
आउँछिन उनि घरि घरि
जता-ततै तस्बिर उनको
देख्छु सँधै वरिपरी /

बाँच्ने रहर छैन अब
सासै छैन जस्तो,
उजाड-उजाड लाग्छ बस्ति
बासै छैन जस्तो /
उजाड-उजाड लाग्छ बस्ति
बासै छैन जस्तो …….
बासै छैन जस्तो ……….

राजेश रुम्बा लामा “अतृप्त”
०९-०८-२०११
Note : हेरी दिनु भाकोमा,अथवा पढिदिनु भाकोमा धेरै धेरै धन्यवाद/ साथमा हजुरहरुको हरपल सुखमय रहोस //नमस्ते//

Leave a Reply

Your email address will not be published. Required fields are marked *