घाउ हो पुरानो बल्झेर दुख्न सक्छ
मनकै त कुरा हो दुखाइ भुल्न सक्छ
जिन्दगी यात्राहरूमा घाइते हुन सक्छ
लड्न सक्छ जुध्न सक्छ पीडा सहन सक्छ
अतित हो पुरानो भुलेर रम्न सक्छ
विश्वास घातहरूमा पराजित हुन सक्छ
पिउन सक्छ जल्न सक्छ होस् सम्हाल्न सक्छ
सहयात्री हो पुरानो सम्झेर रुन सक्छ
