Skip to content


यात्राबाटै कतिकति पुगे लक्ष्यको टाकुरामा
पानी जस्तै कलकल बग्दो जिन्दगी यो धरामा

ढोका खुल्यो सयरपथको लौन गोडा उचाल
अल्छी त्याँग्दै उठ र हिँड है ! काल व्यर्थै नफाल

सानो हाम्रो मुलुक तर यो लाग्छ भूस्वर्ग जस्तै
भाषा, मान्छे विविध रुपका फूलवारी दुरुस्तै

डाँडा-पाखा अमर गहना स्वेत अग्ला हिमाल
डाँफे नाच्दो मधुर लयमा दिव्य लाली गुराँस

खोला, नाला, हिउँ र झरना, तालको देश हाम्रो
यो मौकामा भ्रमण नगरे हुन्छ सारै नराम्रो

आऊ ! आऊ ! अतिथिजन हो ! घुम्न नेपाल आऊ
खिच्दै फोटो हृदयतलमा तृप्त आत्मा बनाऊ

हामी आफैँ कतिकति थला घुम्न बाँकी रहेका
घुम्ने,डुल्ने सुअवसर यो, खै त हामी गएका ?

निम्तो बाँड्दै सकलजनमा वर्ष एघार आयो
हातेमालो प्रकृतिपथमा मौसमी गीत गायो ।

फाक्टाङ-२, खोटाङ
मो. नं. ९७५३००४३६

1 thought on “भ्रमण-मौसम”

  1. रामविक्रम थापाज्यू
    रामविक्रम सरको रचनाहरूमा सच्चा रुपमा सकारात्मक सोचहरू भेटिन्छन् । अर्को पढ्न पाइयो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *