बगरमा हिडिरहेँ शितलता आफ्नो खोज्दा खोज्दै
ओइलियो जिन्दगानी भाग्य आफ्नो राज्दा रोज्दै
जीवनमै एक्लो यात्री साथै छैन् रुँदा हाँस्दा
कति निराश जीवन यो कोही छैन् उठ्दा बस्दा
काँडा बनी उम्रिदिए आँखाबाट आँशु झरी
सारा जीउ घाउ बन्यो मुटुनेरै दुख्ने गरी
आफ्नो पीडा असह्य भो आफैँलाई घोच्दा घोच्दै
आइलियो जिन्दगी मेरो भाग्य रोज्दा रोज्दै
बीरवहादुर मल्ल,
रेडियो सानीभेरी एफ एम, रुकुम
