आकाशमा जून देख्दा तिम्रो याद आउँछ
धर्तीलाई चुम्ने घाम बिहानीले पाउँछ
परदेशी भयौ तिमी, एक्लै छोड्यौ मलाई
किन राख्छौ घरिघरि मन मेरो जलाई
अधेँरीमा जुनकिरी प्रीत गीत गाउँछ
धर्तीलाई चुम्ने घाम बिहानीले पाउँछ
पर्खिराछु तिमीलाई नयन यी बिछ्याई
मन लाग्छ हिड्न किन तिम्रै छायाँ पछ्याई?
मिर्मिरेले शीतसँग चोखो माया लाउँछ
धर्तीलाई चुम्ने घाम बिहानीले पाउँछ
आकाशमा जून देख्दा तिम्रो याद आउँछ
धर्तीलाई चुम्ने घाम बिहानीले पाउँछ
बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

बिना तामाङको याद
नमस्कार !
मिठो गित… रेडियोमा सुन्न हतार भो । सुपर हिट पक्कै हुनेछ ।
प्रगतीको कामना ।