Skip to content

बिहानीको लाली छाउँदा,कोहिली चरी गाउँदा

“गीत”
बिहानीको लाली छाउँदा,कोहिली चरी गाउँदा
कति मुटु जल्दो होला,आफु एक्लै पाउँदा /
““““““““““““““““““““
मिरमिरेमै भेट्थ्यौ हामी,जान्थ्यौं बन पाखा
पोख्थ्यौ हामी पिर व्यथा,गाउँदै मिठो भाका
बिवास्तामा बसे देखि,तिखो बचन लाउँदा
कति मुटु जल्दो होला,आफु एक्लै पाउँदा /
““““““““““““““““““““
छिटै आउ है प्यारा भन्थे,छुट्दा पाउ छोकी
मेरै बाटो नजर लाउँदै,हौली कति रोकी
अतित सम्झी मन रुंदा हो,लेक बेंसी धाउँदा
कति मुटु जल्दो होला,आफु एक्लै पाउँदा /
““““““““““““““““““““
बिहानीको लाली छाउँदा,कोहिली चरी गाउँदा
कति मुटु जल्दो होला,आफु एक्लै पाउँदा /
““““““““““““““““““““
राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *