स्वच्छ छबि खोज्दा खोज्दै, बिग्रिएको हाम्रो देश
छ महिने दरबन्दी पुरा गर्दा, बिग्रिएको हाम्रो देश
हानाहान र तानातानले, बिग्रिएको राम्रो देश
नाते भाते जाते र बातेले, बिग्रिएको हाम्रो देश ।
टहरा छाडी महल पस्दा बिग्रिएको हाम्रो देश
साइकल छाडी पजेरो रोज्दा,बिग्रिएको हाम्रो देश
नुनिलो आँशु र चर्को घामले फुलेको हाम्रो देश
सहमति अनि बुँदै बुंदाले मात्र झुलेको हाम्रो देश ।
गुन्यो चोली चौबन्दी र घाँगर कता गए कुन्नि
बनका बाँदर पसे पशुपतिधाम, नाम बसे मुन्नी
देश दुखेर सिकिस्त छ, डाक्टर कहाँ पाउनु ?
चोट लागेको घाऊ भए पो मलम पट्टि लाउनु ।
रमितेका रमिताले छक्कै पार्ने भयो फेरि
कत्ति हेर्ने रमिता नि वाक्कै पार्ने भयो फेरि
डम्मरुको तालसँगै बाँदर फेरि नाच्ने भयो
केही महिना नाचे पनि, आफ्नो लागि बाँच्ने भयो ।
हिमान गाउँले
बहराइन
