Skip to content

सम्झनाको तरेलीमा तिमीसँगै तैरिदिँदा

  • by

सम्झनाको तरेलीमा तिमीसँगै तैरिदिँदा
भक्कानेर रोऊँ लाग्छ आँशु तिम्रो झरिदिँदा

आज राति सपनीले तिमीलाई सँगै पायो
तिमीसँगै बिताएका पलहरू याद आयो
रहेनछौ तिमी यहाँ झस्किएर ब्युँझिदिँदा
भक्कानेर रोऊँ लाग्छ आँशु तिम्रो झरिदिँदा

भाग्य हाम्रो यस्तै रैछ नियतिको बस्मा पर्‍यौ
क्षितिजमा पुग्न खोज्दा अनायसै तल झर्‍यौ
सँगै बाँच्ने सँगै मर्ने वाचाहरू सम्झिदिँदा
भक्कानेर रोऊँ लाग्छ आँशु तिम्रो झरिदिँदा

प्राप्ति मात्र माया हैन यथार्थमा बाँच्नु पर्छ
भन्ने गर्थें मुटुभरि यादहरू साँच्नु पर्छ
बाँच्न गाह्रो चोट आज आफैलाई परिदिँदा
भक्कानेर रोऊँ लाग्छ आँशु तिम्रो झरिदिँदा

सम्झनाको तरेलीमा तिमीसँगै तैरिदिँदा
भक्कानेर रोऊँ लाग्छ आँशु तिम्रो झरिदिँदा

बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *