Skip to content

धेरै भयो सम्झनामा

  • by


धेरै भयो सम्झनामा तिमी नआएको
हृदयको सुनाखरी फुल्न नपाएको

घाम जून दिन पनि लाग्नै छोड्यो प्यारो
मनको बागमा परिरैछ हरदम तुषारो
झल्को आउँछ गुराँश टिपी शिरमा लगाएको
उकाली र ओरालीमा तिम्ले सघाएको

युगै भयो सपनीमा तिमी नआएको
हृदयको सुनाखरी फुल्न नपाएको
धेरै भयो सम्झनामा…..

कल्पनामै आए पनि मनमा खुशी फुल्थ्यो
तिम्रै नाम फूलपात डालीडाली झुल्थ्यो
याद आउँछ सँगसँगै खुशी सजाएको
सुसेलीको भाका हाली नजिक बोलाएको

धेरै भयो सम्झनामा तिमी नआएको
हृदयको सुनाखरी फुल्न नपाएको

दीप्स शाह
१२/८/२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *