Skip to content

हरेक साँझ चाँदनीमा,रम्ने गर्थ्यौ यो मन

“गीत”
आज फेरी निलो आकास,बादलुले ढाक्यो
मलाइ भेट्न आउनी जूनलाई,बन्दक बनाइ राख्यो /
!२!
फाटुं लाग्छ पापी बादल,मनमा हुरी चल्दा
भासे जस्तो लाग्छ धर्ति,जूनको बिम्ब ढल्दा
छटपटीले चैन छैन,मानले जूनलाई माग्यो
मलाइ भेट्न आउनी जूनलाई,बन्दक बनाइ राख्यो /
!२!
हरेक साँझ चाँदनीमा,रम्ने गर्थ्यौ यो मन
कल्पनामा डुब्थें अनि,पोख्ने गर्थ्यौ यौवन
मन त उड्यो चाङ्ग सरि,मुटु पनि भाग्यो
मलाइ भेट्न आउनी जूनलाई,बन्दक बनाइ राख्यो /
!२!
राजेश रुम्बा लामा “अतृप्त’
२२-०८-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *