मन्दिरमा धुप बत्ती डढाई के हुन्छ र ?
जन्तु मारी रगत बलि चढाई के हुन्छ र ?
शुद्ध छैन भित्री मन मन्दिर सिंगार्नेको
ध्वजा पत्ता देव लिङ्गो ठड्याई के हुन्छ र ?
ढली सक्दा मानवता हत्यारो भई प्राणी
टाँगो हाली गजुर अब अढ्याई के हुन्छ र ?
जानु हुन्न खाली हात देव भेट्न भन्दै
लाखौं भेटी मन्दिरमा सढ्याई के हुन्छ र ?
नयाँ युगका मान्छेहरू मंगल छुने बेला
हरे शिव! दन्त्य कथा पढाई के हुन्छ र ?
कस्ले देख्छ साचो देव ढोके दरिद्रलाई
दिन्न भिख खाली हात बढाई के हुन्छ र ?
