Skip to content

धुरु-धुरु नरुनुस् आमा


धुरु-धुरु नरुनुस् आमा
तिम्रो आँसु म पुछी छोड्नेछु ।

जल शरोतको दोश्रो धनी हाम्रो देश हो ।
तर पनि लोडसेडिङ्ग हट्न सक्या छैन ।।

सगरमाथा यहाँ छ, संसारको अग्लो छाना ।
तर पनि तिम्रा सन्तान बिदेशिएका किन ?

शान्तिका अग्रदूत तिम्रा प्यारा सन्तान ।
तर यहाँ पार्टीहरू लुछाचुँडी गर्छन् ।।

कला सँस्कृति, मन्दिर हाम्रो देशको ठूलो सम्पत्ति ।
त्यसैलाई बेची खान्छन् जो पनि यहाँ ।।

कति लाहुरे भई, कति शहीद भई मरे ।
तिम्रो सपना ज्यूँका त्यूँ, वेदना लुकाइरह्यौ ।।

एउटा छोरो महलमा अर्को सडकमा ।
धेरै असमान भयो तिम्रै सन्तानैमा ।।

तिम्रो नाम नेपाल हो त्यसैले सबको बोली नेपाली ।
तर किन आज जताततै नेपालीभाषालाई हेला ?

धुरु-धुरु नरुनुस् आमा
तिम्रो आँसु म पुछी छोड्नेछु ।

बिजु सुवेदी “विजय”
कुलेश्वर काठमाण्डौं ।
bijusubedi@hotmail.com
www.bijusubedibijay.blogspot.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *