Skip to content

रमाएँ जसै तस्विर, तिम्रो पाएँ मैले

  • by


रमाएँ जसै तस्विर, तिम्रो पाएँ मैले
छातीमाथी टासेँ लाख, म्वाई खाएँ मैले

तिमी साथ हुँदा खेरी, सुस्त छुँदा खेरी
भई पागल खुशीले, गुन्नुनाएँ मैले

हिँडे तिमीलाई खोज्दै, बर्षा झरी रुझ्दै
तिम्रो लागि चारै धाम, कति धाएँ मैले

जून–तारा टोलाउँथे, आकाश बोलाउँथे
न त जून–तारासँग, प्रीत लाएँ मैले

आकाश–धर्ती हौँ था’छ, तिम्रो साथ पाएँ
जिन्दगीको यात्रा कठिन, गर्न चाहेँ मैले

Leave a Reply

Your email address will not be published. Required fields are marked *