हाँसोलाई जीवनको अंश ठान्दै जिउन चाहन्छु
रोदनलाई जीवनको बंश मान्दै जिउन चाहन्छु
आखिर जीवन पोखरी रैछ सुख दुख तैरिने
दुख पिएर आफ्नो भागमा जिउन चाहन्छु
धुपमा चौतारी खोजीन बर्षातमा ओत रोजिन
जीवन भोगाई रहेछ वास्तविकतामा जिउन चाहन्छु
विश्वास छ कर्ममा फलको आशा गर्दिन
जीवन परिश्रम रहेछ श्रममा जिउन चाहन्छु
भाग्यलाई डाकदिन सत्यलाई ढाक्दिन
जीवन यर्थाथ रहेछ बर्तमानमा जिउन चाहन्छु
