Skip to content

त्याग्ने जति त्यागी सक्यौ

  • by

त्याग्ने जति त्यागी सक्यौ माया गर्ने हुन् कि होइनन् ?
त्याग्दात्याग्दै एक्लो भयौ माया गर्ने छन् कि छैनन् ?

त्यागी पनि तिमी भयौ, रोगी पनि तिमी भयौ
हातले हाने पातले हाने, सहनुपर्ने सबै सह्यौ
बोल्ने अब कोही छैनन् माया गर्ने हुन् कि होइनन् ?
त्याग्दात्याग्दै एक्लो भयौ माया गर्ने छन् कि छैनन् ?

वरको सोचाइ परको सोचाइ एकाकार कैल्यै भएन
तिम्ले भन्यौ आफ्नो ठानी, पराई रै’छन् आफ्नो भएन ।
सोध्ने अब कोही छैनन् माया गर्ने हुन् कि होइनन् ?
त्याग्दात्याग्दै एक्लो भयौ माया गर्ने छन् कि छैनन् ?

-पोखरा
हाल ः भक्तपुर

मधुपर्क २०६८ साउन

Leave a Reply

Your email address will not be published. Required fields are marked *