हिजो मात्रै मेरो लागि भन्दै ब्रत बस्यौ
आजै सबै नाता तोडी किन नर्क पस्यौ ?
रातो साडी चौबन्दीमा चुरी छ्म्मा छम्मा
नाँचे पनि स्वार्थी टीको बिना हर्क घस्यौ
उस्ले कस्तो लाको थियो सुनै सुन भन्छौ
इर्ष्या गर्नु हुन्न भन्दा ठूलै तर्क कस्यौ
पूज्नु भन्दा बुझ्नु थियो मेरो जूनीलाई
तुच्छ सोचको प्रतिफल बिना अर्थ फस्यौ
सयौं जूनी काट्छु राजा भन्थ्यौ थाली बोकी
जाली रै छ थाली पनि आफ्नै सर्त डस्यौ
बुद्धि मोक्तान
