Skip to content

मेरो माया

दिनभरको उज्यालोपछि डुब्न लागेको घाम हैन मेरो माया
कुनै किराना पसलमा पैसा तिरेर किन्न पाइने सामान हैन मेरो माया
अन्तिम अवस्थामा सास गन्दै गरेको नाम हैन मेरो माया
कुनै जोहरीको दोकानमा मोल गर्दै लगाइने दाम हैन मेरो माया

कसैले गरेर गर्न सक्ने अपमान हैन मेरो माया
कुनै चोक दोबाटो बस्तीमा बदनाम छैन मेरो माया
जवानीको जोशमा मदहोश भै रम्ने तरंग हैन मेरो माया
नेपाल टेलीकमको सिम कार्ड लिन बसेको लाम हैन मेरो माया

दिनभरको उज्यालोपछि डुब्न लागेको घाम हैन मेरो माया
कुनै किराना पसलमा पैसा तिरेर किन्न पाइने सामान हैन मेरो माया

Leave a Reply

Your email address will not be published. Required fields are marked *