रारा आज छाल्किरहेछ उनीलाई सम्झँदा
हराउँछु बिदाइमा रुनीलाई सम्झँदा ।
किन भिज्छ अनायासै शिरानी यो रातमा
मन मेरो तोडी जाने बैगुनीलाई सम्झँदा ।
माया भन्ने यस्तै हो कि मन रम्छ सम्झनाले
यो मायाको संसार दिने गुनिलाई सम्झँदा ।
किन मेरा इच्छाहरू बास माग्छन उनीसँग
गौरब लाग्छ एक बारको जुनीलाई सम्झँदा ।
तिर्थ”यात्री”पौडेल
