Skip to content

हाँस्ने पनि तिमी सँगै रुने पनि तिमीसँगै


हाँस्ने पनि तिमी सँगै रुने पनि तिमीसँगै
बग्दा आँशु थापी हात धुने पनि तिमीसँगै

हात दिई साथ लिई पुग्दा मैले प्रगतिमा
धर्ती टेकी चन्द्रमा त्यो छुने पनि तिमीसँगै

सुख दु:ख तिम्रो मेरो आधा आधा हुँदा अब
सङ्कटले सयौं जालो बुने पनि तिमीसँगै

आशा बोकी धर्ती भिज्यो नयाँ फल फलाउन
खाली पेट कुट्टो मैले खुने पनि तिमीसँगै

आफ्नै कथा आफ्नै ब्यथा कोरी लय भरी दिँदा
झन्कार त्यो सङ्गीतको सुने पनि तिमीसँगै

लेक बेशी डुली लौ न हाँस्दै खेल्दै यो जूनीमा
जिन्दगीको अन्त प्रिय!! हुने पनि तिमीसँगै

बुद्धि मोक्तान

2 thoughts on “हाँस्ने पनि तिमी सँगै रुने पनि तिमीसँगै”

  1. बुद्धि मोक्तान र देव घिसिङ्जीलाई
    बुद्धि मोक्तानज्यू,

    औंल्याइदिनुभएकोमा धन्यवाद छ ।

    यो गजल अर्कै व्यक्तिद्वारा आफ्नै नाममा लेखिएको रहेछ । जानेर हो वा देव घिसिङ्जीद्वारा आफ्नै नाममा प्रकाशित गरिएको रहेछ । जानेर हो या नजानेर हो, अर्काले रचेको सिर्जना राख्नु भनेको, मझेरीको नियम र निर्देशन अनुसार, चोरी (Plagiarism) नै ठहर्छ । हामी देवजीलाई यस कुरामा सोच्न अनुरोध गर्छौं ।

    मझेरी डट कम

  2. gajal facebook bata chori bhayecha
    la badhai cha.
    kasai lai sarai man parecha yo gajal.

    lekhdai garnu hola, choraundai garnu hola.
    hami pathak ko subhakamana.

Leave a Reply

Your email address will not be published. Required fields are marked *