Skip to content

किन झर्न खोज्छ आँशु,निर्दोष नयन फटाएर

“गीत”
न त पिरलाई बगाउँछ,न त जान्छ घटाएर
किन झर्न खोज्छ आँशु,निर्दोष नयन फटाएर
————————————–
ओठमा मुस्कान नदेउ बरु म चाह गर्ने छैन
नयनलाई दोष नदेउ मिठो सपना भर्ने छैन
न त

सक्छौ लान व्यथा मेरो मनको हटाएर
किन झर्न खोज्छ आँशु निर्दोष नयन फटाएर
————————————
सहें धेरै मुटु दुखाई हुन्छ अझै दुखाईरन्छु
कसैलाई दिन्न चोट आफै भित्र लुकाईरन्छु
कि त लैजाउ प्राणनै अब यहि धर्ति कटाएर
किन झर्न खोज्छ आँशु निर्दोष नयन फटाएर
—————————————
न त पिरलाई बगाउँछ न त जान्छ घटाएर
किन झर्न खोज्छ आँशु निर्दोष नयन फटाएर
—>राजेश रुम्बा लामा “अतृप्त”
१५-०९-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *