Skip to content

विश्व सामु उचोँ शिर बन्नुपर्छ अब

विश्व सामु उचोँ शिर बन्नुपर्छ अब
भय छाडी सुर वीर बन्नुपर्छ अब

सानो भनी घोचा हान्ने परचक्रीलाई
अग्लो ठुलो तारे भिर बन्नुपर्छ अब

एक् निमेष् मै शत्रु ढालिदिने धनुबाट
निस्किएको अचुक् तिर बन्नुपर्छ अब

हातेमालो गर्दै अघि बढ्ने मित्रसँग
शुद्द, चोखो, मिठो खिर बन्नुपर्छ अब

सिमा मिच्ने बैरी शत्रु सबै उनिदिने
रातो, तातो, तिखो झिर बन्नुपर्छ अब

3 thoughts on “विश्व सामु उचोँ शिर बन्नुपर्छ अब”

  1. वाहाँ कस्तो देश भक्ति कविता
    बिना जि तपाईको कवितालेत मलाई भावुक बनाई दियो कसरी लेखेको त साथि

    1. धन्यवाद यहाँलाई प्रशंसाका यी
      धन्यवाद यहाँलाई प्रशंसाका यी मिठा शब्दहरुको लागि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *