सानीको चञ्चले बानीले मार्यो लौ
मार्यो लौ तिम्रो जवानीले मार्यो लौ
भिजायौ झरीमा यो साँझभरिमा
बैशालु असिना पानीले मार्यो लौ
मोहनी आँखामा बोकेर हेर्छिन
नशालु धराने नानीले मार्यो लौ
के बिधी सुन्दर छौ तिमी रुपकी
स्वर्गकी मलाई खानीले मार्यो लौ
छाडेर गई त्यो चाँदनी बिहान
मायालु याद निशानीले मार्यो लौ
