छातीभरि ढुङ्गा फुलाई बगर बाँचेकै छ
भेलको प्रहार सहेर नि बगर हाँसेकै छ
हिरा फुल्यो सम्झ्यौं आँसु छल्किँदा
बगर बनाई उभ्यायो मनलाई पीडा सल्किँदा
भेलरुपी पीडा आउँदै आफै नासेकै छ
भेलको प्रहार सहेर नि बगर हाँसेकै छ
काकाकुलको रुप लिई अब नबसौं
हिम्मत फुल्ने छाती त्यसै अब नमासौं
सुख दु:ख जिन्दगीसँग यसै गाँसेकै छ
भेलको प्रहार सहेर नि बगर हाँसेकै छ
छातीभरि ढुङ्गा फुलाई बगर बाँचेकै छ
भेलको प्रहार सहेर नि बगर हाँसेकै छ
राजेश रुम्बा लामा “अतृप्त”
