लामो समयदेखि साहित्यिक पत्रकारतिामा लागेको नाम हो, हर िशर्मा। साहित्यिक क्षेत्रमा लाग्नेहरूका लागि शर्माद्वारा सम्पादित नवकविता (२०४२)ले धेरैलाई कवि बनायो र धेरैलाई कविका रूपमा स्थापित गरायो। तर, स्वयं शर्मा भने शिल्प, सिर्जना र सम्भावनाहरूको उचाइमा पुगेर पनि आजसम्म कृतिकारका रूपमा प्रकट भएका थिएनन्।
अंग्रेजी र नेपाली साहित्यका विद्वान्का रूपमा कहलिएका शर्मा आफ्नो ठ्याक्कै छ दशकमा मात्र कृतिकार-कविका रूपमा पाठकमाझ उपस्िथत भएका छन्। सायद उनी लामो समयदेखि आफूले भित्रभित्रै थुनिराखेको काव्यिक बाढीलाई ‘अबचाहिँ थाम्न सक्तिनँ’ भन्ने लागेर मनका वनफूलमा छताछुल्ल हुन पुगेका होलान्।
आई मेरी डाँफे / तर,
उसको गीत नसुनी, म / हिँडी नै रहेँ
हिँडी नै रहेँ / ऊ पनि उडी गई !
‘क्रम’ शीर्षकको यस कवितालाई बुझ्यो भने सायद शर्माको लामो अन्तराललाई केही खुट्याउन सकिन्छ। डाँफे त उनले रोजेको एउटा विम्ब मात्र हो। तर, समग्र कवितालाई उनीसँगै तुलना गरेर हेर्यो भने त्यहाँ शर्माको निजत्व भेटिन्छ। जुन निजत्वभित्र उनी आजसम्म कृतिकारका रूपमा प्रकट हुन चाहेका थिएनन्।
आज थाकेर बिसाएको बेला / देख्छु ऊ फेरि आएकी छ
उसरी नै गाउँदै, राग अलाप्दै / बसेकी छ
र / अतीतको टौवामा ।
कविता सामान्य छ, सरसर्ती पढ्दा तर डाँफेको उडान, गायन र उनी आफैँ पात्र भएको चरत्रिको विश्लेषण गर्ने हो भने यस उत्तरार्द्धमा पुगेर उनलाई आफ्नो सिर्जनशील अतीतले चिमोटेको छ र यो कवितासंग्रह प्रकाशित गर्न हुटहुटी लगाएको छ।
०२५ देखि ०६७ सालसम्म लेखिएका ६२ वटा कवितामा उनका चरणबद्ध कालखण्डलाई पढ्न पाइन्छ। ७ कक्षामा पढ्दै शरतचन्द्रको देवदासबाट साहित्यका पाठक हुनपुगेका शर्मा कविका रूपमा ०२५ सालमा ‘लाँकुरीको पात’मार्फत देखा परे, वनारसबाट प्रकाशित भानु उदय पत्रिकामा।
छोटा तर चोटिला कवितामा शर्माको कलमले बढी न्याय गरेको देखिन्छ। उनका कविता प्रारम्भिक आधुनिकताबाट विस्तारै आधुनिकतातिर उक्लिँदै गएका देखिन्छन्। सहरसँग विरक्तिएका छन् कवि। सहरले उनलाई धेरैपल्ट धोका दिएको छ सायद। त्यसैले उनी सहरलाई ‘अन्धकूप’ र ‘नरभक्षी’को आरोप लगाउँछन्। र, मनमा पीडान्त अनुभूति बोकेर भन्छन् ः
बरू, काँडेतारले घेरिएको माटोको देश हुन्छ
मनलाई रुन नदेऊ- देश रुन्छ / मन माटोको प्रतिकूल हुँदैन
फुल्न देऊ / मनका वनफूल !
पुस्तकको शीर्षक कविता ‘मनका वनफूल’का यी हरफले सहरले आजसम्म खाइरहेको मानिसको भावना, उत्कण्ठा र अपेक्षालाई उनले आफ्नै भाषामा भनेका छन्। सहरले मानिसलाई ऊभित्रको संवेदनालाई तनतनी पिएर मूर्दा बनाउँछ। आफ्नो लामो संघर्षयात्रामा उनले भोगेको यथार्थ यही हो।
मनका वनफूलका सबै कविता विषयवस्तु, जीवनदर्शन र प्रेमका दृष्टिमा भिन्नभिन्न रङ र मौलिक शैलीमा प्रस्तुत भएका छन्। कुनैकुनै कविताचाहिँ प्रयोगजस्ता लाग्छन् र खालि पाना ओगट्न आएजस्तो मात्र लाग्छन्। मनका वनफूलको काँडा यति मात्र हो। र, साहित्यको मानक व्याकरणलाई चलाइदिएको भए यस काँडाको घोचाइको पीडा अलि कम हुनेथियो। तर पनि यी सानातिना काँडालाई पन्छाएर ढकमक्क फुलेको छ शर्माको मनका वनफूल।
रमण घिमिरे
नेपाल साप्ताहिक ४६३
