Skip to content

निराशा छायो जिन्दगीमा


निराशा छायो जिन्दगीमा, अब जिउने मन छैन ।
आफ्नो भन्नु ब्यार्थै रहेछ, जहाँ आफ्नो पन छैन ।।

मृत्युसँग लड्दै यहाँ, जिउनेहरू धेरै देखें
जिउने इच्छा हुँदा हुँदै, औषधी किन्ने धन छैन ।।

दुबै हात फैलाएर, जिन्दगीको भिख माग्दा
नयाँ जीवन दान दिने, कुनै सच्चा जन छैन ।।

मनमा पाप लुकाएर, किन धाउँछौ मठ मन्दिर
पुण्य त्यसै कहाँ मिल्छ, जस्को शुद्ध तन छैन ।।

खुशी सबै टुटी गए, उजाड भो यो जिन्दगी
उजाड यो जिन्दगीमा, हरियाली बन छैन ।।

भिम बस्नेत
दोहा कतार

1 thought on “निराशा छायो जिन्दगीमा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *