Skip to content

थियो सानो संसार हुरीले उडायो

  • by


थियो सानो संसार हुरीले उडायो
घामको भर पर्दा धुरीले उडायो

अहिले पो लाचारीले एकछाक धान्छ
हुँदा सबथोक चुरीफुरीले उडायो

पाए त ठूलाबडा नै कुम्ल्याउँछन्
अनि भन्छन् भुराभुरीले उडायो

प्रेममा असफल हुनेहरू भन्छन्
मेरो मायालाई नि दूरीले उडायो

भोको पेटमा चोरेको रोटी न हो
बुझ्नुपर्छ आखिर मजबुरीले उडायो

शनिबार, गोरखापत्र
भदौ ३१, २०६८

Leave a Reply

Your email address will not be published. Required fields are marked *