Skip to content


तिमी आउँछ्यौ भनेर
दृढतापूर्वक म प्रतीक्षामा बसिरहेछु
तिमी आउने बाटो चियाएर
आँखा बिछयाएर बसिरहेछु
तर तिमी आउन सकिनौ
न कुनै खबर न कुनै सन्देश पठायौ
कैयौँ महिना, वर्षहरू बित्दै गए
जीवनका कैयौँ मोडहरू पार भइसके
तर तिमी मकहाँ आइनौ
तिमीलाई मैले आफ्नै ठानेथेँ
तर तिमी कहीँ अन्तै अल्मलिएकी छयौ
तिमी नआएपछि मेरो घर
मेरा लागि बिरानोजस्तो हुँदै गइरहेछ
युद्ध र अशान्तिबाट ग्रस्त
मेरो यो प्रिय बासस्थान
दिगो शान्ति र सुखको खोजमा
तिम्रै प्रतीक्षामा कुरिरहेछ
म अझै विश्वस्त नै छु
भोलिको सूर्योदयसँगै सम्पूर्ण नेपालभरि
ढकमक्क उज्यालो छरेर
तिमी अवश्य
मेरो घर आँगनमा आउनेछयौ
म तिम्रै प्रतीक्षामा छु

शनिबार, गोरखापत्र
भदौ २४, २०६८

Leave a Reply

Your email address will not be published. Required fields are marked *