देउता बन्न खोज्दा हजुर
ढुंगा बन्छ मान्छे यस शहरमा
भरिएको मन छ हजुर
खाली छन् मन्दिर यस शहरमा
बिचल्ली छ प्रजाको हजुर
राजा बिनाको यस शहरमा
सत्य निष्ठा छैन हजुर
बुद्ध जन्मेको यस शहरमा
कुल्ची हिँड्छन् यहाँ पाईला हजुर
गोरेटो बिनाको यस शहरमा
कोही खोज्दै आशा हजुर
गर्दैछन् तपस्या यस शहरमा
http://suvashshahthakuri.blogspot.com/2011/09/blog-post_25.html
