Skip to content

हाम्रो प्यारो बुद्ध एयर तिम्रो रफ्तार त मान्नै पर्छ,,

भगवान भनौं या मुर्ति तिमीलाई त पुज्नै पर्छ,

हावा संगै आकाशमा उड्ने तिमि बुद्ध एयर,

तिमि कति रमाएको थियौ होला,

हामी सबैको भरिया बन्ने तिमि बुद्ध एयर,

तिमि कति थाकेको थियौ होला,

झरी बर्षा केहि नभनी तिमि बुद्ध एयर,,

एकै छिन रमाएर आकाशमा उडी दिन्थ्यौ,

हामी सबै मानव लाई तिमि बुद्ध एयर,

कति धेरै आनन्द मिलाई दिन्थ्यौ,

आकाशको त्यो कुहिरो छेंडी तिमि बुद्ध एयर,

हिम शिखर चुम्न खोजि रहन्थ्यौ,

सायद धेरै थाकाईले होला तिमि बुद्ध एयर,

थाहा नपाई एकान्त डांडामा भारी बिसाई दियौ,

थकाई मेट्न सुस्केरा मार्दै थियौ तिमि बुद्ध एयर,

तिम्रो त्यहि सुस्केरा संगै हामी

चरम निन्द्रामा परि सकेको थियौं,

शिखर चुम्ने तिमि बुद्ध एयर,

थाहा नपाई भारी बिसाई दियौ i
झापा,

Leave a Reply

Your email address will not be published. Required fields are marked *