Skip to content

बन्द ढोका उघारेर पस्छे के गरुँ म


बन्द ढोका उघारेर पस्छे के गरुँ म
जून मेरै आँगनीमा खस्छे के गरुँ म

न बोलाएँ बगैचामा मैले फूललाई
भवँराको छेऊ आई बस्छे के गरुँ म

यौवनका फूलहरू फुल्दै गर्दा खेरी
मातिएर अंगालोमा कस्छे के गरुँ म

यति राम्री रुपकी छे यसै मरेको छु
मुहारमा अझ लाली घस्छे के गरुँ म

जून बस्ने आकाश हो यति थाहा हुँदै
धुलोसँग धरतीमा फस्छे के गरुँ म

3 thoughts on “बन्द ढोका उघारेर पस्छे के गरुँ म”

  1. आहा!साह्रै सुन्दर गजल सुर्य
    आहा!साह्रै सुन्दर गजल सुर्य चेमजोङ साच्चैकै राम्रो गजलकार हुन..

Leave a Reply

Your email address will not be published. Required fields are marked *