हिजो जस्तो छैन आज टाउकै माथि प्रहार भयो
सबैलाई जित्छु भन्थ्यौ एउटैको आहार भयो
फूल फुलाउने सपनामा मलजल गर्यो बिरुवालाई
फूल फुल्न कहाँ पाउनु कोपिलामै संहार भयो
सबैले बाटो काटे उसले प्रकाश छर्दै गयो
अकस्मात बत्ती निभ्यो ऊ न वार न पार भयो
भन्नेले भने अरे ठुलो बाजी मारीस शिवा
दुनियाको कस्तो बुझाई यो नै उसको हार भयो ।
