Skip to content

मोल, हिँडे (मुक्तक)


(१) मोल:
आफूभन्दा पराइको खुशी रोज्नेहरू
देश भित्र अर्को देश रोप्न खोज्नेहरू
धिक्कार छ ती सबै बुख्याचाहरूलाई
आफ्नी आमा बेच्न भनी मोल सोध्नेहरू ।

(२) हिँडे:
देश बनाउन गएकाहरू थाकेर पो हिँडे
आफ्नो, चरित्र, स्वाभिमान फ्याँकेर पो हिँडे
बिर्सिएर गण्तन्त्र संबिधान लेखन कार्य
सर्ब साधारण जनतालाई ढाटेर पो हिँडे।

2 thoughts on “मोल, हिँडे (मुक्तक)”

Leave a Reply

Your email address will not be published. Required fields are marked *