Skip to content

ठुलो चाड आयो भन्छन्

  • by


ठुलो चाड आयो भन्छन् मलाई खुशी खासै छैन
यो दशैं नि प्रवासतिर मान्न उति चासै छैन

आशिषमा रमाउने नभा’को मन् कहाँ हो र ?
बिदेशमा अल्झिनाले स्वदेशमा बासै छैन

मिठो खाई राम्रो लाउने परदेशमा स्वप्न मेरो
कामै कामले ब्यस्त हुँदा टन्न खाने गाँसै छैन

तड्पिरा’को विदेशमा म मात्र त कहाँ हो र
साथीसंगी कसैको ‘नि मुहारमा हाँसै छैन

सम्हालेर मनलाई चित्त बुझाउँ भने पनि
जमरा त कठैबरा यो भूमिमा घासै छैन

मुग्लान पस्या परारै हो बाध्यताको भूमरीले
रुदै गए दशैंहरू आउदो साल नि आसै छैन

स्याङ्जाली रमेश
मरुभूमिको छातीबाट
स्थायी घर: अर्जुन्चौपारी स्याङ्जा

Leave a Reply

Your email address will not be published. Required fields are marked *