Skip to content

जब आँखा-आँखा एक साथ लड्न थाल्यो


जब आँखा-आँखा एक साथ लड्न थाल्यो
बढ्यो गति मुटुको र सास बढ्न थाल्यो

भई रहयो हेराहेर केही क्षणपछि
मुहारमा राता-राता लाली चढ्न थाल्यो

दुरी नजिकिँदै गयो दिल र दिलको
अनि मनले मनको कुरा पढ्न थाल्यो

यति राम्री रुपकी छे हेरी रहेँ झन
जति हेरेँ दिल भित्र उति गड्न थाल्यो

हिड्दै थिए पाईलाहरू आज अचानक
भेटेपछि तिमीलाई टक्क अड्न थाल्यो

3 thoughts on “जब आँखा-आँखा एक साथ लड्न थाल्यो”

  1. Surya ji lai maile mane
    Surya ji lai maile mane baba,katti ramro ra kamuk gazal wah wah wah..tarif gare maile……

Leave a Reply

Your email address will not be published. Required fields are marked *