“गजल”
स
ाँझपख घामको आशा गरे जस्तो भो
मनको चाह सबै त्यसै मरे जस्तो भो
**********************************
त्यागे मैले कति निदं भुलें कति भोक
खुसी त्यो शित बालुवामा परे जस्तो भो
**************************************
पसिना र आँशु पोखें सुखको आशामा
तर सतहहिन ईनारमा झरे जस्तो भो
***********************************
भन्नेले त भन्दै छन् रुम्बाले हात्ती चढ्यो
त्यसै अरुको मुखमा कुरा भरे जस्तो भो
________
-राजेश रुम्बा लामा “अतृप्त”
०८-१०-२०११
