Skip to content


कथाकार दिवाकर नेपालीज्यू, मैले पहिले नै भनिसकेको छु, म पात्रको कथालाई उनीहरूको शब्दमा मात्र व्यक्त गर्नसक्छु भनेर । त्यसैले अहिलेे म पात्रहरूको अन्तरव्यथाको कथा लेखिरहेको छु । कुरा के छ भने, मेरा कथाका पात्रहरूस“ग मेरो सम्बन्ध बिग्रि्रदै गएको छ, भनौं चिसिंदै गएको छ । यसरी सम्बन्ध ब्रि्रेको निकै दिन भइसक्यो । अब उनीहरू आन्दोलन गर्ने, सङ्र्घष्ामा उत्रने धम्की दिइरहेका छन् । किनभने, अहिले मुलुक नै आन्दोलन र सङ्र्घष्ाको सङ्क्रमणले क्लान्त छ । प्लेग रोगसरह फैलिएको यस सङ्क्रमणले सबै वर्ग, समुदाय, जात र प्रान्तलाई ग्रस्त बनाएको छ भने मेरा पात्रहरूचाहि“ किन नउत्रिऊन् आन्दोलनमा, होइन र – मेरा पात्रहरूस“ग मेरो सम्बन्ध किन कसरी बिग्रियो भन्नुपर्दा, कारणहरू धेरै छन् । मैले उनीहरूको वास्तविक कथा लेखिन“ रे † उनीहरूको भाव अनुसारको शिल्प र शैली दिन सकिन“ रे † उनीहरूलाई जीवन्त बनाउन सकिन“ रे † मैले माया र प्रेमको कथा मात्र लेखिदिए रे † व्रि्रोही पात्रहरूको कथा लेखिदिइन“ रे † त्यसैले अहिले म मेरो कथाको क्यानभासमा तिनै व्रि्रोही पात्रको चरत्रि चित्रण गर्न गइरहेको छु । मेरो यस व्रि्रोहको क्यानभासमा तिनै व्रि्रोही र असन्तुष्ट पात्रहरूका विरोधात्मक छायाहरू छन् । त्यसैले उनीहरू कहिले भोकहडताल, कहिले नाकाबन्दी त, कहिले आमहडताल र कहिले चक्काजामका आह्वान लिएर सङ्र्घष्ामा उत्रेका छन् । म इमानदारीका साथ भन्छु, कथाकार दिवाकर नेपालीज्यू, उनीहरूको कथन धेरै हदसम्म सत्य छ । तर, यसमा मेरो मात्र दोष छैन । म पनि विवश र बाध्य छु ।

यस आरोपलाई म यसरी स्पष्टीकरण दिन चाहन्छु । म एक गृहिणी, आमा र कर्मचारी पनि हु“ । मैले सम्पर्ूण्ा दायित्व पूरा गरेर साहित्यमा लाग्नर्ुपर्छ । फेर िम आफै“मा बौद्धिकता नहुन सक्छ अथवा भाषिक गहनता मैले दिन नसेकेको हुनसक्छ । अर्को कुरा लेखकीय उष्णतामा मेरो कथाको तापक्रम शून्यमा झरेको हुनसक्छ । सफल कथाकारहरू जस्तै तपाईंहरूको जस्तो स्तरीय समकालीन कथा लेख्न नसकेर मेरो कथा धेरैपल्ट प्रकाशकीय मारमा थिल्थिलिएको हुनसक्छ । मेरा यिनै बाध्यता र विवशताले गर्दा मेरा पात्रहरू मदेखि रुष्ट भएका हुन् ।

कथाकार दिवाकर नेपालीज्यू, अहिले मेरो एउटी केटी पात्रस“ग सामञ्जस्यता मिलेको छ । ऊ भर्खर अरबबाट बलात्कृत भई, मानसिक रूपले विक्षिप्त भएर आएकी छे † उसलाई कुनै गैरसरकारी संस्थ्ााले उद्धार गरेर नेपाल ल्याइदियो रे † ऊ अ“ध्यारा दिनहरूमा आशाको दियो बालेर विदेश गएकी थिई । तर, उसलाई के थाहा विदेशमा यति भोका नरपिशाचहरूको यौनसिकार बन्नुपर्दोरहेछ । ऊ जीवन र मृत्युको दोसा“धमा पुगी रे † अन्त्यमा मर्नुभन्दा बहुलाउनु निको भन्ने उखान लागू भयो रे उसलाई । उसको हृदयविदारक कथा सुन्दैछु । त्यहीबेला अर्को बलात्कृत पात्र आइपुग्छे मभए ठाउ“मा र भन्न थाल्छे, “उसको कथाभन्दा मेरो कथा हृदयविदारक छ । मेरो कथा लेखिदिनू ।” ऊ भन्छे, “उसलाई विदेशीले बलात्कार गरेका छन् । तर, मलाई त मेरो आफ्नै देशमा आप\mनै दाजुभाइले बलात्कार गरेका छन् । साम्प्रदायिक आगोको ज्वालामा उनीहरूले मेरो अस्तित्वलाई स्वाहा पारेका छन् । उनीहरूले को आफन्त, को पराइ, को बूढाबूढी, को चेलीबेटी केही भनेनन् भने विदेशीको त के कुरा -” ती दर्ुइ पात्रहरूको पीडादायक व्यथा सुनेर कथा लेख्न चाहन्छु र समाजलाई सचेत गराउन चाहन्छु । तर, अफसोच † ऊ र मेरोबीच अवरोध आइपुग्छ । मेरी सानी छोरी ‘भोक लाग्यो’ भन्दै रु“दै आउ“छे । म छोरीलर्ँइ खानेकुरा खुवाउन थाल्छु । त्यतिञ्जेलसम्ममा मेरा पात्रहरू अन्तरध्यान भइसक्छन् ।

म हरेस खादिन“ । दिवाकार नेपालीज्यू, फर्ुसद हुनेबित्तिकै अर्को पात्रको खोजीमा हि“ड्छु । अहिले मस“ग जनआन्दोलनमा उत्रेको एउटा घाइते राजनीतिक कार्यकर्ता छ । ऊ देश र जनताका लागि लड्यो रे ! र्सवहारावर्गका लागि लड्यो रे ! ऊ जनताको मौलिक अधिकारका लागि बाघझै“ गर्जन्थ्यो रे । लोकतन्त्रको स्थापनाका लागि ज्यान दिएर लड्यो रे † राजनीतिमा लाग्दा उसले धेरै टाउको फुटाएको र महिना“ै भूमिगत भएको छ रे। त्यसैले ऊ परविारका अगाडि भिजेको मुसो भएर बस्न बाध्य थियो रे ! तर पनि उसले राजनीतिक विचारधारा परविर्तन गरेन रे ! अहिले देशमा उसले गर्दा नै लोकतन्त्र आएको रे † तर, उस“गै लडेका कार्यकर्ता कारमा कुद्न थाल्दा ऊ घरको स“घारमा कुद्न नसक्ने भएको छ । राज्यले उसलाई वास्ता गरेन रे! पार्टर्ीी कार्यकर्ता साथीहरूले पनि उसलाई वास्ता गरेनन् रे ! म उक्त पात्रको मानसिकता बुझ्न गहिराइमा प्रवेश गर्छर्ुु उसलाई पढ्छु । उसलाई विश्लेषण गर्छर्ुु उसलाई उसको माग अनुसारको कथावस्तुमा ढाल्न शब्द र शैलीको समायोजन गर्न खोज्छु । त्यसैबेला भान्साकोठामा खाना तयार गर्नेबेला भएको सङ्केत पाउ“छु । म झल्या“स्स हु“दै झ्यालबाहिर आ“खा उघार्छर्ुु सा“झले स“घारभित्र पाइला राखिसकेको पाउ“छु । म अत्तालिन्छु । त्यसै समय मेरो पात्र वैशाखीको सहाराले ढोकाबाट फुत्त बाहिर निस्कन्छ । म उसलाई समाउन चाहेर पनि समाउन सक्दिन“ । किनभने, मैले उसलाई समाएर मात्र ह“ुदैन, उसलाई समय दिन पनि सक्नर्ुपर्दछ । उस“ग रमाउन सक्नर्ुपर्दछ, उसका भावना बुझ्न सक्नर्ुपर्दछ । जो मस“ग छैन ।

म भान्साकोठाको कामतिर लाग्छु । म भान्साकोठामा काम गर्दागर्दै आमहडतालले बन्द भएको रेस्टुरा“मा काम गर्ने एउटी केटीलाई उदास अनुहार लिएर चियापसलमा चिया खाइरहेको देख्छु । म उसैलाई समाउ“छु । म उसको कथा सुन्दै काम गर्छर्ुु ऊ वादी केटी हो रे † उनीहरूलाई समाजले तल्लोस्तरको नागरकिका रूपमा राख्यो रे † उनीहरू शोषित र पीडित छन् रे † उनीहरू वर्षौंदेखि यौनशोषित ह“ुदै आएकाले अहिले आक्रोशित र व्रि्रोही बनेका छन् रे ! ऊचाहि“ अलिक टाठीबाठी भएकीले रेस्टुरा“मा काम गर्न थाली रे † तर, के गर्नु बन्द र हडतालले रेस्टुरा“ पनि बन्द भएपछि उसलाई जीवन गुजार्न पनि गाह्रो भइरहेको छ । आफ्नो अस्तित्व बेचेर कैयौ“ भोका यौनपिशाचलाई सन्तुष्टि दिएर पनि बा“च्नका लागि उनीहरूले गर्नुपरेको सङ्र्घष्ा अत्यन्त दर्दनाक भएकाले उसको कथालाई कथामा ढाल्न अनुरोध ऊ मलाई गर्छर्ेे झन् अहिले बन्दले गर्दा ऊ राजनीतिक नेताहरूप्रति नै तीखो व्यङ्ग्य गर्छर्ेे आन्दोलनमा उत्रने खरो चेतावनी दिन्छे । अहिले ऊ झन् बढी आन्दोलित र आक्रोशित देखिन्छे । ऊ मलाई आफ्नो सम्पर्ूण्ा कथा सुनाउन चाहन्छे र त्यसको परभिाषा खोज्न चाहन्छे । म उसलाई उसको कथाको परभिाषा दिन सक्दिन“ र म छटपटाउ“छु । त्यति नै बेला चुलामा तरकारी डढेको र दाल उम्लेर गएको आभास पाउ“छु । म उक्त पात्रलाई सहानुभूतिका शब्द प्रकट गर्दै चा“डै उसको कथा प्रकाशित गरििदने ढाडस दि“दै चुलोतिर लाग्छु । उसलाई दिएको वचनमा कतिको खरो उत्रन्छु, त्यो मलाई थाहा छैन । किनभने, मेरा पात्रहरू सङ्र्घष्ामा उत्रनुको अर्कोर्र् प्रमुख कारण उनीहरूको कथा समयमा प्रकाशित नहुनु पनि हो ।

कथाकार नेपालीज्यू, अब म पात्रको खोजी गर्दिन“ । किनभने, पात्र खोज्दाखोज्दै म धेरै थाकिसकेको छु । एउटा पात्र धेरै समयदेखि मस“गै छ । उसले मलाई कथा लेख्न धेरै अनुरोध गरेको थियो तर मेरो जागिरे दायित्वले उसलाई कथामा ढाल्न सकेको थिइन“ । त्यसबेला देशमा ‘जनयुद्ध’ चलेको थियो । वास्तवमा ऊ रङ्गेली बजारमा रक्िसा चलाई खाने मजदुर हो । धेरै दिनदेखिको नाकाबन्दीले उसले राम्रो आम्दानी गर्न सकेेको थिएन । घरमा छोराछोरी भोकै र नाङ्गै थिए । ऊ रक्िसामा बिमारी लिएर विराटनगर हि“ड्यो । बाटामा पुलछेउमा बोरामा बालुवा भरेर राखिएका थिए । सबै यात्रु बम छ भनेर तर्केका थिए । तर, मेरो पात्र साहसी बन्छ । किनभने, उसले घरमा चामल किनेर लानु छ, दाल र नुनभुटुन किनेर लानु छ । छोराछोरीको भोको पेटमा चारो भर्नु छ । त्यतिबेला ऊ भोकले ग्रस्त छोराछोरीको अनुहार मात्र सम्झन्छ अनि सय-सयका हरयिा नोट आ“खाअगाडि देख्छ । अनि, ऊ त्यहा“ बम छैन भन्ने कुरामा विश्वस्त हुन्छ र बोरा उचाल्छ । बोरा उचालीनसक्दै उसको विश्वास पड्केर धेरै टाढासम्म छरपस्ट भइसकेको हुन्छ । ऊ भन्दै छ, “हम गरबि कथिले बिगारने छे – हमरा बेटाबेटी भुख-प्यासले कथिले नाङ्गै छे, हमरा बेटाबेटी के कौन दोष छेलै छे – हम कथिले एनान सजाय पहिली -”

उसको कथा सुन्दासुन्दै उस“गै अर्को पात्र आइपुग्छ । ऊ राज्यद्वारा पीडित पात्र हो । उसको नाम हर्के हो । ऊ निर्दोष थियो रे † राज्यले छापामार र आतङ्ककारीको बिल्ला लगाएर उसको ज्यान लियो रे † ऊ बूढा बाबु दल सिंहको एक मात्र सहारा, तरुणी स्वास्नी झिम्कीको आदर्श पति र छोरा लट्टेको आधारशीला थियो रे † उसलाई राज्यले मारेपछि आतङ्ककारीको बिल्ला लगाइदियो रे † ऊ भन्दैछ, “माओवादीद्वारा राखिएको बोरामा बम छ भन्दाभन्दै बोरा उचाल्न गएको थियो । तर, सैनिकले कुनै सफाइ दिनै नपाई बाबुकै अगाडि नै मलाई गोली ठोक्यो । त्यसैले मेरो कथा बढी महत्त्वपर्ूण्ा छ ।” हुन पनि देशमा चलेको एक दशकको ‘जनयुद्ध’मा धेरै निर्दोष जनता मारएिका थिए । अब ती दर्ुइमा वादविवाद चल्छ । म सम्झौता गराउनपट्ट िलाग्छु । म हर्केलाई सम्झाउ“छु ः त्रि्रो कथा त कथाकार पूण्यप्रसादले लेखिदिएका छ“दैछन् नि † बिचरो † त्यो रक्िसाचालकको कथा कसले लेखिदिन्छ – भोलिको सूर्योदयको पहिलो झुल्कोस“गै उसको कथा लेख्ने सङ्कल्प गरेर म निदाउ“छु ।

बिहान उज्यालो हु“दानह“ुदै मेरो घरको उषाकालीन दायित्व मस“गै ब्यू“झन्छ । उक्त पात्रको विश्वास बटुल्न धेरैचोटि कलम र कापी लिएर बस्ने जमर्को गर्छर्ुु तर, असफल हुन्छु । कुनै फर्ुसदको समय पारेर कथा लेखिदिने प्रतिज्ञा गरेर म अफिस जान्छु । तर, म सोच्छु यो कथा त बासी भइसकेको छ । देशमा व्रि्रोही पक्षले युद्ध त्यागेर शान्ति सम्झौतामा फर्किसकेको छ । त्यसैले उक्त रक्िसाचालकको कथा कसले पढी दिन्छ – त्यसैले म उक्त पात्रको कथा लेख्ने मन गर्दिन“ । फेर िम उक्त पात्रबाट टाढिन्छु अनि अविश्वासी र अक्षमीको उपाधि पाउ“छु ।

अब म पात्र खोज्न सक्तिन“ । म धेरै थाकिसकेको छु । म पात्रहरूस“ग शान्तिवार्ता गर्न चाहन्छु । सरकारले विभिन्न आन्दोलित वर्ग, समुदाय र जातहरूस“ग शान्तिवार्ता गर्न चाहेझै“ म पनि शान्ति वार्ता गर्न चाहन्छु तर मभित्र अहम् र हु“कार छ । जसले गर्दा म तिनीहरूका अगाडि झुक्न सक्तिन“ । किनभने, उनीहरूबिना पनि बा“च्न सक्छु भन्ने घमन्ड ममा छ । त्यसैले पात्र र मबीच खाडलको गहिराइ बढ्दै गएको हो । मेरा पात्रका कुण्ठित भावनालाई मैले नस्वीकार्नुले मलाई मात्र होइन, पात्र स्वयम्लाई र धेरै पाठकहरूलाई हानि गररिहेको छ । पाठकहरूलाई पनि राम्ररी थाहा छ, उनीहरूलाई म ढाट्न सक्तिन“ । किनभने, उनीहरूले मलाई राम्ररी पढिरहेका छन् । त्यसैले हामीबीच मध्यस्थता कायम गर्न तपाईं सा“घु भएर आउनर्ुपर्छ । मेरा आन्दोलित पात्रहरूस“ग शान्तिसम्झौता गराउन तपाईं मात्र सक्नुहुन्छ । दिवाकर नेपालीज्यू, यदि तपाईं आउनुहुन्छ भने मेरा कथाहरूको क्यानभासमा चा“डै नै सम्झौता र सहमतिको चित्र कोरनि सक्छ ।

नेपाल साप्ताहिक
अंक २८३

Leave a Reply

Your email address will not be published. Required fields are marked *