Skip to content

गजल स्वर सम्राट यो धर्तीमा रहेनन्

  • by
20111015_AcharyaPrabha_JagjitSingh


गजल स्वर सम्राट यो धर्तीमा रहेनन् आज
जग्जित मरे भनेर कसैले नि भनेनन् आज ।

अमर त्यो हुन्छ जो धर्तीमा असल बन्छन्
मरेर पनि जग्जित मरेसरी बनेनन् आज ।

आवाजको जादु छरेर संसार नै उज्यालो पारी
गायक मरे भनेर कसैले नि कहेनन् आज ।

बिलाए के भो? जग्जितको शरीर त्यो माटोमा ऐले
अमर ठानी कसैले मृत्‍यु पीडा सहेनन् आज ।

खबर थियो दु:खद तरै पनि बुझाए चित्त
शोकाकुल् बनी हावा नि बहेनन् आज ।

आचार्य प्रभा
(गजल सम्राट जग्जितमा समर्पित गजल)
(रचना – अक्टोबर/ १०/ २०११)

Leave a Reply

Your email address will not be published. Required fields are marked *