आफू जन्मे हुर्के ठाउँ छाडी सयौं खोला पारीमा
अल्झ्यो है अल्झ्यो परदेशी कान्छा बालुवा घारीमा
सपनाको खेती गरी हिरा-मोतीको बिज छरी
पसिनाको भेल झार्दै टोलाउदै छ घरि-घरि
बिरानो भो आफ्नै गाउँ घर सिरु-पाती फुल्यो बारीमा
अल्झ्यो है अल्झ्यो परदेशी कान्छा बालुवा घारीमा
टिनले छानो छाउने आशामा छोड्यो छानो चुवाएर
मुरी फल्ने खेत बेची बा-आमालाई रुवाएर
मिस्यो जोवन गैची बेल्चा सँधैको यो भारीमा
अल्झ्यो है अल्झ्यो परदेशी कान्छा बालुवा घारीमा
आफू जन्मे हुर्के ठाउँ छाडी सयौं खोला पारीमा
अल्झ्यो है अल्झ्यो परदेशी कान्छा बालुवा घारीमा
राजेश रुम्बा लामा “अतृप्त”
१८-१०-२०११
सेलोकिसिमको “गीत”