Skip to content

त्यस्तो दियो नसल्काऊ

  • by


त्यस्तो दियो नसल्काऊ जस्ले उज्यालो पार्दैन
बरु त्यस्लाई स्थान देऊ जस्ले हिक्मत हार्दैन

खै मैले अनुभूति गर्न पाइन सुख शान्तिको
उही अगाडी बढेको छ जस्ले सिन्को सार्दैन

अरुको भरमा बल्नेहरू आफै सूर्य हुँ भन्छन
हुतिहारा नेताले यहाँ कहिलै संकट टार्दैन

दृष्टि नहुनेलाई नि ऐनाको आशा देखाउँछन
निहित स्वार्थी नेताले कैलै माखो मार्दैन

जुन जोगी आए पनि कानै चिरिएका भेटिए
धाक्कु लगाउने नेताले एउटा रौं नि मार्दैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *