सहवासको गन्ध छाडेर, एकाबिहानै उठछ
असरल्ल स्वास्नी तर्फ पुलुक्क हेर्छ
घृणाले नाख खुम्चाउछ
डाँडामा घाम उदाउदोछ
ऊसँग उसको सहर पनि उठ्छ
व्यस्तताको सहरमा ब्यस्त ऊ
हात, मुख, कान र उसको मोबाइल
दिन काट्छ, सधै झैँ
साँझ छिप्पिन्छ एकनासले
उसको लागि छताछुल्ल स्वास्नी
मदिरा र चुरोटको गन्ध अनि लोग्ने
फोक्सोमा भर्दै ऊ पनि नाक खुम्चाउँछ
सोझै बेडरुम तर्फ पल्टन्छ लमतन्न
उसको सहर पनि ऊ जस्तै लमतन्न छ
हिजो बिहान नाख खुम्चाएको स्वास्नी
अंगालोभरि बेरेर, निदाउँछ
निदाउछ उसको सहर पनि बेखबर
ऊ र उसको सहर दुवै उस्तै छ
