Skip to content

यसपालीको दशैँ

  • by


दशैँ आयो
जसरी आउँथ्यो
यसपाली पनि
त्यसरी नै आयो
गाउँ जादा
टिकट बुक गर्नु पर्थ्यो
मानेन दशैँ
कहिले मुडाँ चडदै
कहिले हुँडाँ चड्दै
खानु सास्ती खायो
दशैँको जन्म
न बालाई थाह् छ
न बाजेलाई थाह् छ
अब दशैँलाई
बुढ्यौली लागेको होला
सुगर लागेको होला
ब्लड् प्रेसर बडेको होला
रक्सी मासु नखानु भनेकोथे
व्हुस्की खायो
लोकल खायो
पोलेको खायो
साधेको खायो
कवाब खायो
दवाबले खायो
बासी पायो
हासी खायो
सडेको खायो
लडेको खायो
लडेर खायो
हल्लिदै खायो
हल्लाउदै खायो
खादा खादै दशैँ
पखला लागेर
अस्पताल धायो
आँफै आयो
आँफै खायो
आँफै सास्ती पायो
खल्ती रित्तो भएपछि
दुइचार दामले चेलीबेटीलाई
टीकाटालो लायो
फेरि खल्ती भरिन्छ कि भनी
झिन्डी मिन्डी बोकी
ससुराली धायो
बिचरा दशैँ !
ससुरालमा पनि
जती पाउथ्यो
फेरि तेत्ती नै पायो
खायो पियो रमायो
केही दिन्छ कि भनेको
खल्ती टकटकायो
जाने बेला बजियाले
यसपाली पनि
ऋनको तम्सुक पो थमायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *