Skip to content


मेरो जिन्दगीमा साथ मागिन उनीले
कदम कदममा साथ दिएकै छु,
संगै जीउने संगै मर्ने बाचा गरिन उनीले
सारा जीवन समर्पित गरेकै छु,
त्यसैले त हिजो आज किन किन….

पर्दामा उतार्न मन लाग्छ उसको नाम
खोई कुन बाध्यताले छेकी दिएको छ,
सधै मुटु भित्र सजाई राख्न मन लाग्छ
खोइ मेरो भाग्यमा के लेखि दिएको छ,
त्यसैले सधै भन्ने गर्छु तिमीलाई…..

नसोध मेरो जीवनको कहानीहरु
म चितामा जले सरि जलि सकेको छु,
नसोध मेरो मायाको सबै अर्थहरु
म आफै भित्र जलेर खरानी भै सकेको छु,

अतित सुब्बा “झापा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *