हिजोको आफ्नो सारा दु:खलाई
बागमतीमा बगाएर आनन्दको
चुस्कीमा टास्सिरहनुको मज्जा
बर्तमानलाई छैदै छैन
हिजोको आफ्नो औकातलाई
चसक्क बिर्सेर मुखमा राम राम
बगलिमा छुरा धस्नुको धङ्धन्तीसँग
मुस्कुराउने रहर बर्तमानको हुँदै हैन ।
बरु बर्तमानका रहरहरू
रित्ता भाडा बर्तनका आवाज भएर
पहाड मधेस गरिरहेछन
बरु बर्तमानका लक्ष्यहरू
धनी, महाजनको चर्को ब्याजको
सापटी पैसा भएर
कोरिया, जापान, खाडीतिर खर्किरहेछन
बर्तमान चिसिनु र तातिनुको
आधा जीवन बचेँर
हर्शको उकालोमा उक्लिरहन सकिरहेको छैन
बर्तमान कन्काइ, रतुवा, कोशीको
अश्रुधाराले आँखाबाट पोखाएर
आँफै नुहाउन सकिरहेको छैन।
बितिस्णा, बियोग बिस्मृतिका
लठ्ठराहरूले कसिएर बर्तमान
ग्रामबेशिको बाझो खेत भएको छ
अरुको क्रोध, डाह र लान्छनाले
बर्तमान गोलभेडा झै थिलथिलो छ।
बर्तमानको दौतरिको तारिफमा
गाउँमा सकमबरीहरू छैनन
बर्तमानको बैशको पर्यायमा
शहरमा युमा हरू छैनन
ती पनि काँचो आप झै
गुलियो पस्न नपाउदै
बर्तमानको पछि लागेर
पराया भूमि रङाउदैछन
कोठि, होटलहरूमा थुकथुकाउदैछन।
बर्तमानको रङ्गिन सपनामा को दोशी छ?
बर्तमानको बाध्यता नबुझ्ने को बेहोशी छ?
बर्तमनले बैमनस्यका बिरुवाहरू रोपेको छैन
बर्तमानले माटो चटक्क भुलेको छैन
बर्तमान ढुङ्गा कुट्दै गरेको क्षरमहरूमा छ
बर्तमान बारी गो ड्दै गरेको पैतलामा छ
बर्तमान स्कुल जादै गरेको अनुहारमा छ।
तर एउटा सत्य लुकाएर लुकिन्न
एउटा सत्य छोपेर छोपिन्न
पैसा मात्रको सोचले अन्धो बनाउछ
बर्तमान हराए भबिष्य कस्ले सजाउछ?
त्यसैले बर्तमान माटोको हुनुपर्छ
बर्तमान नमर्ने हुनुपर्छ
तबमात्र बर्तमान बर्तमान हुन्छ।
अस्तु:
वास्तविक नाम : भानुभक्त दुलाल
साहित्यिक नाम: बिबेक दुलाल छेत्री “दमक”
दमक, झापा, नेपाल
हाल: अबुधाबी, यु ए ई
