Skip to content

नउदाउँदै घाम बिहान

  • by


नउदाउँदै घाम बिहान खाता बोकी आउँछ साहु
गैरी खेत लैनो भैँसी महंगो ब्याज लाउँछ साहु ।

बाँच्नै गाह्रो के गरौ खै, बन्दकी नै राखे धितो
झिसमिसेमै सानो झुप्रो असुल्नलाई धाउँछ साहु ।

कस्तो दिन जन्म दियौ काल पनि आउदैन खैँ
मरिमेट्ने हामी अनि, हाम्रौ कमाई पाउँछ साहु ।

हातमुख जोर्ने एक गास, बास नभई मर्दा पनि
मोरे पाउँथे जाए जेथा, भन्दै आज रमाउँछ साहु ।

कति दुःख दिन्छौ प्रभु अभागि लाई अघिपछि
थप्नु पर्छ ऋण मर्दा, अझै धेरै कमाउँछ साहु ।

भरतपुर – १३, चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *