रित्तो रित्तो आकास नभए झैं तारा
तिमी नहुँदा साथमा, नभए झैँ सारा
बेहोसीमा छु म, या त होसमा
छैन मेरो मन, मुटु, आफ्नै बसमा
बग्न खोज्छ आँशु, बगे सरी धारा
तिमी नहुँदा साथमा, नभए झैँ सारा
मझेरी भो बाँझै , छैन हराभरा
उकुस मुकुस् हुन्छ सासै रोकिए झैँ
सारा खुसी रित्यो मनै पोखिए झै
तिमी नहुँदा साथमा, नभए झैँ सारा
रित्तो रित्तो आकास नभए झैं तारा
तिमी नहुँदा साथमा, नभए झैँ सारा
राजेश रुम्बा लामा “अतृप्त”
३०-१०-२०११

दु:ख भोग्नुमा जिन्दगी
दु:ख भोग्नुमा जिन्दगी हुन्छ
माया साच्नुमा पिरती हुन्छ
आसु बगाउनुमा पिडा हुन्छ
दु:ख बाडदा हर्श हुन्छ
जितमा साचो जिन्दगी हुन्छ
पाइला बढाउ प्रगती हुन्छ