अन्जानमै तिम्रो समीप, झर्न आएँ म
मस्तिष्कमा तरंग, भर्न आएँ म
कहाँकी हौ भन तिमी, के हो तिम्रो नाउँ
रहर बोकी चिनाजानी, गर्न आएँ म
सम्झनाका छालहरूमा, तिमी तैरे’सी
पीरतीको मीठो सुवास, छर्न आएँ म
विमति या सहमति, के छ चाहना
तिम्रै दीलमा बसाइँ, सर्न आएँ म
पारखी माइला तामाङ
डाढीगुराँसे गाविस- ८,
संगमभन्याङ, सिन्धुली
१२ असोज, २०६८ ।
