Skip to content


एकरात म सपनाका भाग्नावशेषमा
अकिन्चन जीवन मन्थन गरिरहेको थिए
बिचारहरूसँग, विवादहरूसँग
सहमतिहरूसँग, बिमतिहरूसँग
आरोह, अबरोह उताड, चडाब
अनि जीवनका भोगाइहरू, गहिराइहरू,
उकाली ओराली, आकृति, विस्मृति
आफ्ना पराई सबै सबै
एकाकार गरेर मन्थन गर्दै थिए,
किनकि म भित्रको देवता र दानवहरू
त्यस रात मिलेका थिए
अझ्झ भनौ भाग बन्डा मिलाएका थिए
सुर र असुरहरूले परिणाममा नौनी
आस्वादनका लागि,
त्यसैले म जीवनको लालित्य खोज्दै थिए
आस्थाको सगरमाथाको यात्रा केचनाबाट
श्रीगणेश गरेर,
एकरात सपनामा,
सांसारिक भोगाई बिरुद्धको
महायात्रा थालनी गर्दै थिए
चोट, खोट, घात, प्रतिघात
समाहित गरेर
दुखाइका सुखानुभूति आस्वादनको
बसन्तलाई खोकिलामा राखेर
म महापरिनामको यात्रामा
निस्किसकेको थिए
पुष्प ब्रिष्टि, आकाश बाजी
र राजकीय संमानका साथ
अबिर यात्रा सहित पाल्किमा
बसेर निस्कदै थिए
एक रात सपनामा,
काल्पनिक स्वार्ग डगमगाउदै थियो
अप्सराहरू रंग उडेको फूल झै
पाताल फिर्तीको तयारीमा थिए
ताल चुकेको बहानामा
स्वार्गाधिपति बेचैन मनोदशामा
भौतारिदै थिए,
अपदस्त हुने आशंकामा
मानौ त्याहा गणतन्त्र घोषणा हुदै थियो
दुइतिहाई बहुमतले पारित गर्दै थियो
एउटा खंचुवाको झुण्डहरूले
एक रात सपनामा ।

तिर्थ”यात्री”पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *