Skip to content

सम्झेर मुख रसायो मेरो


सम्झेर मुख रसायो मेरो
जिब्राले पानी खसायो मेरो

रसबरी जस्तै जवानी रुप
त्यसैमा प्रीत बसायो मेरो

छिनेको थियो बारुली कम्मर
तानेर हात कसायो मेरो

अध्येरी ठाउँ के गर्यौ कुन्नी
दरिलो नाता गँसायो मेरो

मायाँको नाता दरिलो भन्दै
मुखमा मुख टसायो मेरो

पीरती साट्दै जीवन काट्न
अन्त त सिन्दुर घसायो मेरो

Leave a Reply

Your email address will not be published. Required fields are marked *