Skip to content

जीवनदेखि म त हारेको मान्छे

  • by


जीवनदेखि म त हारेको मान्छे
समयले चेपमा पारेको मान्छे

झुपडीमा ओत नपाएरै हो नि
सडकतिर बसाईँ सारेको मान्छे

बटुवाले झनै के लाउँथे नजर
आफ्नाले नै माया मारेको मान्छे

हाँसो खुशी के हो चिनिन कैले
दु:खले हजुर खारेको मान्छे

कहाँ हुन्थ्यो स्वाप्ना देखेर मात्रै
भाग्यले नै हरे टारेको मान्छे

स्याङ्जाली रमेश
मरुभूमिको छातीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *